Sidha Patra बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्य जस्तै भएको छ । हाल,कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।

त्यस्तै मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यस क्रममा देउवाले कांग्रेस ‘पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि निरन्तर रहेको’ भन्दै कांग्रेसले थप कुनै निर्णय तत्कालै नलिने सन्देश दिनु भएको थियो । ‘प्रचण्डले प्रतिगमन विरोधी पक्षसँगै मिलेर जाऔं भन्ने प्रस्ताव गर्नु भयो तर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नभएकाले केही गर्ने अवस्था नरहेको जवाफ दिनु भयो ।माओवादी अध्यक्ष प्रचण्डले राखेको धारणाबारे जानकारी दिदै देउवा निकट एक नेताले राजधानीसंग भने,यसले कांग्रेस पहिले जुन रणनीतिमा थियो, त्यही छ भन्ने प्रस्ट हुन्छ ।’

यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफैं सत्ता समीकरणका लागि प्रस्ट नभइसकेका कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रस्ट पार्नु भयो । ‘माओवादी केन्द्रको सरकारलाई समर्थन कायम छ । जसपा पनि अलमलमा नै छ, सत्ता समीकरणका लागि जे हुनुपर्ने हो त्यो भइसकेको छैन, कांग्रेस अहिले नै नयाँ निर्णयमा पुगिहाल्ने अवस्थामा छैन,’ कांग्रेस उपसभापति निधिले भन्नु भयो ।

त्यस्तै पछिल्लो समय सर्वोच्च अदालतले संसद् पुन:स्र्थापना गर्ने निर्णय गरेपछि सरकारको विकल्पबारे चर्चा हुँदै आए पनि अवस्था परिपक्व नभएको जवाफ कांग्रेसले दिदै आइरहेको थियो । पछिल्लोपटक नेकपा विवादबारे सर्वोच्चले फैसला गरेर नेकपालाई साबिककै अवस्थामा पुर्‍याइदिए पछि कांग्रेस पर्ख र हेरकै अवस्थाबाट अघि बढ्दै आएको छ । यसबीच कांग्रेसले माओवादी केन्द्रसहित जसपासँग धारणा भने बुझ्दै आएको छ ।

यसैगरी संसद् विघटन समय सरकारको विरोध र पुन:स्र्थापनाका पक्षमा खुलेर लागेका नेतासमेत कांग्रेसको आगामी रणनीतिबारे पछिल्लो समय मौन रहँदै आएका छन् । कांग्रेसको मौनतालाई सत्ता र बाहिर रहेका दलले समेत चासोसाथ हेरिरहेका छन् । कांग्रेसले पछिल्लो राजनीतिक अवस्थासहित १४औं महाधिवेशनबारे छलफल गर्न २० चैतका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सोही बैठकमार्फत थप रणनीति अघि सार्ने अपेक्षा गरिएको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिएका हौं ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]