सभापतिमा देउवाकाे बहुमत पुगेन,देउवा र कोइराला बीच पुन : आजै चुनाव हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । […]

निर्वाचन समितिका सदस्य र सुरक्षाकर्मीले अवरोध गरेपछि पत्रकारको क्यामरा डाउन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । त्यस्तै महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए। जसको विरोमा पत्रकारहरूले राष्ट्रियसभा गृहको प्रवेशद्वार […]

माओवादी केन्द्र लुम्बिनी प्रदेशको सम्मेलन सकियो, २१७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सोमबार सकिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा जारी सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै सकिएको हो । त्यस्तै शनिबार र आइतवार संचालन भएको प्रदेश सम्मेलनले निर्विरोध समिति चयन गरेको छ । निर्विरोध चयन […]

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको छ । त्यस्तै समितिले मतपत्र छपाईका काम सकेर मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ। मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। महाधिवेशनमा […]

दाङको देउखुरीमा माओवादी केन्द्र लुम्बिनीकाे प्रथम सम्मेलन शुरु :अध्यक्षमा तीन जनाको दावी

दाङ । देउखुरीको लालमटियामा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सुरु भएको छ । शनिबार सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए। दिउँसो एक बजेबाट शुरु भएको सम्मेलनको उद्घाटन सत्र बेलुका साढे ५ बजेसम्म चलेको थियो । भर्चुअल माध्यमबाट प्रचण्डले सम्बोधन गरेपछि उद्घाटन सत्र सकिएको थियो।उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि […]

काङ्ग्रेसको केन्द्रीय सभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेद्वारी परेको छ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोईराला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यसैगरी शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र […]

देउवाले सभापतिमा भोट माग्दै भने-ओलीबाट देश जोगाएँ,अब काङ्ग्रेस जोगाउन जिताउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको शासनबाट जनतालाई मुक्ति दिएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिनुपर्ने बताएका छन्। पार्टीको १४ औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको र त्यसका लागि आफूलाई जिताउनुपर्ने बताए। त्यस्तै उद्घाटन सत्रमै भोट मागेका देउवाले […]

काङ्ग्रेसको १४ औँ महाधिवेशनःभृकुटीमण्डपमा उद्घाटन हुँदै

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार हुँदैछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। त्यस्तै उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र […]

लमजुङको कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु,६ घाइते

लमजुङ । जिल्लाको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]