
Ggp
sbs
Rgp
Sds
Sgr
Unsku
Gfs
Pbu
Srbpu
Rmb
Rgp
Pes
cjs
Rgp1
pku
Gis
Lnp
Cps
Djs

Pvg
Wsp
Rsb
Sls
Vor
Gst
Hal
Ssm
Ggd
Tsm
Ksm
Asm
Bbu
nsb
Bbbpu
Rgu
Rgs
Sbs
Rgu

Mks
Rpp
Rmb
Bml
Ptm
Abd
sab
Jmb
bbt
Pls
Syp
Jmb
Gsb
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेद्वारी परेको छ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोईराला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यसैगरी शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, विमलेन्द्र निधीको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवारी दिएकी छन् । महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै महेश आचार्यले बिना गुट उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।
देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
