
cjs
pku
Ggp
Djs
Gfs
Pes
sbs
Srbpu
Pbu
Rgp
Lnp
Sgr
Rgp1
Unsku
काभ्रे । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेला लगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । […]
दाङ । कोरोना भाइरसको जोखिम बढिरहेका बेला दाङको लमहीमा “म पनि मास्क लगाउछु, अरुलाइ पनि मास्क लगाउन प्रेरित गर्छु” अभियान सुरु गरिएको छ । दाङमा कोभिड संक्रमण तिब्ररुपमा फैलिरको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दाङको लमहीमा चेम्बर अफ कमर्सको आयोजनामा मास्क अभियान सुरु गरिएको हो । अभियानमा […]
काठमाडौं । नेपालमा मंगलबार एकै दिन थप १० हजार २ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]
रौतहट । रौतहट प्रहरीले नक्कली मोबिल बनाइ विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोण्डालगायत कम्पनीहरुको लोगो प्रयोग गरी उक्त कम्पनीहरुको मोबिल तथा पार्टसहरु भण्डारण गरी […]
बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो । यस्तै उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो । विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी […]
दाङ । दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । त्यस्तै दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ […]
नेपालगञ्ज । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना संक्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति […]
दाङ । स्थानीय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ मा सुरु भएको हो । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम […]