
Ggp
Gfs
Rgp1
Unsku
Rgp
Djs
Pes
Lnp
sbs
pku
cjs
Pbu
Srbpu
Sgr

Ssm
Sbs
nsb
Rgs
Bbbpu
Bbu
Hal
Rsb
Ksm
Rgu
Pvg
Vor
Asm
Ggd
Sls
Rgu
Wsp
Tsm
Gst

Jmb
Syp
Bml
Rmb
Mks
Gsb
Jmb
bbt
Pls
Rpp
Ptm
Abd
sab
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।
विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।
कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको जिम्मा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लिइसकेका छन् ।
लामो समयदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शूल्क मागेको भन्दै आन्दोलनरत छन्, भने उनीहरुको आन्दोलनमा विभिन्न ७ विद्यार्थी संगठनले ऐक्वबद्धता जनाएका छन् । न्युज ट्वान्टीफोरबाट
