Sidha Patra शुक्रबार, पौष ३०, २०७८

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।

विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।

कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको जिम्मा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लिइसकेका छन् ।

लामो समयदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शूल्क मागेको भन्दै आन्दोलनरत छन्, भने उनीहरुको आन्दोलनमा विभिन्न ७ विद्यार्थी संगठनले ऐक्वबद्धता जनाएका छन् । न्युज ट्वान्टीफोरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]