
Rgp1
sbs
cjs
Pes
Ggp
Pbu
Djs
Rgp
pku
Gfs
Lnp
Unsku
Srbpu
Sgr

Wsp
Rgu
Asm
Bbu
Vor
Ssm
Ksm
Ggd
Sbs
Rgs
Rsb
Bbbpu
Gst
Tsm
Hal
Sls
Rgu
Pvg
nsb

Jmb
Gsb
Jmb
Rmb
Abd
Bml
Pls
sab
Ptm
bbt
Mks
Rpp
Syp
दाङ । कोरोना भाइरसको जोखिम बढिरहेका बेला दाङको लमहीमा “म पनि मास्क लगाउछु, अरुलाइ पनि मास्क लगाउन प्रेरित गर्छु” अभियान सुरु गरिएको छ ।
दाङमा कोभिड संक्रमण तिब्ररुपमा फैलिरको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दाङको लमहीमा चेम्बर अफ कमर्सको आयोजनामा मास्क अभियान सुरु गरिएको हो ।
अभियानमा लमही बजारका विभिन्न स्थानमा वडा प्रहरी कार्यलय लमहीको समन्वयमा निशुल्क मास्क बितरण गरिएको थियो । मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरिएको छ । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि चिउडोमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिइएको छ।
बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका धेरै व्यवसायीले मास्कको प्रयोग नगरेको पाइएको छ । “म पनि मास्क लगाउछु, अरुलाइ पनि मास्क लगाउन प्रेरित गर्छु” भन्ने नाराका साथ सुरु गरिएको मास्क अभियानमा अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह समेत दिइएको चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानेले जानकारी दिए ।
त्यस्तै अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ चेम्बरका उपाध्यक्ष किरण कुमार बुढाथोकीले भने । ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौं भनेका हौँ”- बुढाथोकीले भने ।
ओमिक्रोन संक्रमण देखिन थाले संगै स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष न्यौपानेले भने ।
अभियानमा सहभागीले ‘तपाईको मास्क खै?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश दिदै निशुल्क मास्क उपलब्ध गराएका थिए ।दाङसमाचार
