Sidha Patra मंगलबार, पौष २७, २०७८

दाङ । स्थानीय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ मा सुरु भएको हो । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनु भयो ।

त्यस्तै वडामा रहेका द्वन्द्व पीडितहरुको तथ्याङक संकलन गरी बिमा गराउँने काम भईरहेको अध्यक्ष डाँगीले जानकारी दिनु भयो । वडा नं १४ मा रहेका १८ घर परिवारका करिब एक सय जनाको बिमा गर्नेकाम जारी रहेको उहाँको भनाई छ । यस्तै वडा नं. १७ मा ३० घर परिवारका एकसय ५० जनाको विमा भईसकेको वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । अन्य बाँकी भएका द्वन्द्व पीडितको तथ्याङक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् ।

बिमा बनाउँदा ५ परिवार बरावर तीन हजार पाँच सयका दरले रकम बुझाउँनु पर्ने व्यवस्था छ । बाँकी पाँच जना भन्दा माथी प्रति व्यक्ति व्यक्ति थपिए सात सयका दरले विमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरे वाफत विमितहरुले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउँने वडा कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडाको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमले सहिद तथा वेपत्ता परिवारको स्वास्थ्य उपचारमा गर्न सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा पूर्व जनमुक्ति सेनाका घाईते सहदेव थारु (विहानी) लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा नं. १४ का सचिव तिलराम डिसीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]