
Rgp1
Sgr
pku
Gfs
Ggp
Unsku
sbs
Srbpu
Pbu
Djs
Rgp
cjs
Lnp
Pes

nsb
Bbbpu
Tsm
Asm
Wsp
Rgu
Rsb
Ggd
Rgs
Ssm
Bbu
Hal
Vor
Sls
Gst
Rgu
Ksm
Pvg
Sbs

sab
Rpp
Mks
Abd
Bml
bbt
Syp
Rmb
Jmb
Ptm
Jmb
Gsb
Pls
दाङ । स्थानीय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ मा सुरु भएको हो । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनु भयो ।
त्यस्तै वडामा रहेका द्वन्द्व पीडितहरुको तथ्याङक संकलन गरी बिमा गराउँने काम भईरहेको अध्यक्ष डाँगीले जानकारी दिनु भयो । वडा नं १४ मा रहेका १८ घर परिवारका करिब एक सय जनाको बिमा गर्नेकाम जारी रहेको उहाँको भनाई छ । यस्तै वडा नं. १७ मा ३० घर परिवारका एकसय ५० जनाको विमा भईसकेको वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । अन्य बाँकी भएका द्वन्द्व पीडितको तथ्याङक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् ।
बिमा बनाउँदा ५ परिवार बरावर तीन हजार पाँच सयका दरले रकम बुझाउँनु पर्ने व्यवस्था छ । बाँकी पाँच जना भन्दा माथी प्रति व्यक्ति व्यक्ति थपिए सात सयका दरले विमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरे वाफत विमितहरुले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउँने वडा कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडाको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमले सहिद तथा वेपत्ता परिवारको स्वास्थ्य उपचारमा गर्न सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा पूर्व जनमुक्ति सेनाका घाईते सहदेव थारु (विहानी) लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा नं. १४ का सचिव तिलराम डिसीले गर्नु भएको थियो ।
