तुलबहादुर कवँर मगर शुक्रबार, साउन २२, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आज आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।राप्ती गाउँपालिकाको आयोजना,लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय २३ महिला र ९६ पुरुषले स्वास्थ्य परीक्षण,परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन् ।

शिविरमा भिडियो एक्सरे सेवा २९ जना, एक्सरे सेवा ६४ जना र प्रयोगशाला सेवा ७२ जनालाई प्रदान गरिएको अस्पतालले जनाएको छ । आवश्यक औषधि समेत वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नशा रोग,जनरल सर्जरी,युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवासम्बन्धी विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनका अनुसार हाडजोर्नी,नशा, मिर्गौला तथा पिसाबसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श लिन सहज भएको छ । यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राजकृष्ण श्रेष्ठ,जनरल सर्जन डा.नवीन श्रेष्ठ, युरोसर्जन डा.सगुन थापा, रेडियोलोजिस्ट डा. तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डा.बिमेश शाक्यले सेवा प्रदान गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]