Sidha Patra शनिबार, साउन २३, २०८३

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङको अस्पताल परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार बिहान ८:०० बजेदेखि सञ्चालन गरिएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक,नर्सिङ कर्मचारी,सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो । अस्पताल परिसरको सरसफाइसँगै विभिन्न स्थानमा वृक्षारोपणसमेत गरिएको थियो । कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवतजावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो । त्यसैगरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरुवाहरू रोपिएको थियो ।

कार्यक्रमलाई बोल्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोडिएको विषय भएको बताए । उनले सरसफाई अभियानलाई निरन्तरता दिइने बताउदै बृक्षारोपणपछि बिरुवाको स्याहार गर्न सरसफाईकर्मिलाई आग्रह गरे । अस्पतालमा आउने बिरामी, कुरुवा, सेवाग्राही तथा स्वास्थ्यकर्मीका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।

त्यस्तै,निमित्त अस्पताल निर्देशक तथा सह– प्राध्यापक डा. सुरेश रसाइलीले अस्पताल परिसरको सरसफाइ र हरियाली प्रवर्द्धनलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । अस्पतालको भौतिक संरचनासँगै यसको वरपरको वातावरण पनि सफा, सुन्दर र व्यवस्थित राख्न सकेमा सेवाग्राहीमा सकारात्मक प्रभाव पर्ने उनले बताए । कार्यक्रममा सहभागी प्राध्यापक, चिकित्सक, कर्मचारिहरूले अस्पताल परिसरको सरसफाइसँगै वृक्षरोपण गरी वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिएका थिए ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वच्छता कायम राख्नु सबैको जिम्मेवारी भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । प्रतिष्ठानमा दैनिक ठूलो संख्यामा बिरामी तथा सेवाग्राही आउने भएकाले अस्पताल परिसरको सरसफाइ, वातावरणीय व्यवस्थापन तथा हरियालीलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको प्रतिष्ठानले जनाएको छ । चिकित्सक,नर्सिङ कर्मचारी, प्रशासनिक कर्मचारी,सुरक्षा गार्ड तथा सरसफाइ कर्मचारीहरुको सामूहिक सहभागिताले अस्पतालको स्वच्छता र वातावरण संरक्षणप्रति प्रतिष्ठान परिवारको प्रतिबद्धताले सकारात्मक शन्देश प्रबाह भएको अपेक्षा गरिएको छ ।

त्यस्तै,आगामी दिनमापनि अस्पताल परिसरको नियमित सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]