Sidha Patra बुधबार, साउन २०, २०८३

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक उपचारका लागि आउने बिरामीहरुको संख्या निरन्तर बढ्दै गएको छ ।

प्रतिष्ठानले सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राख्दै सामान्य बाह्यरोग (जनरल ओपीडी) टिकट वितरणको समय दिउँसो २ बजेसम्म विस्तार गरेपछि बिरामीको पहुँचमा उल्लेखनीय सुधार आएको छ ।

यसअघि जनरल ओपीडीको टिकट वितरण दिउँसो १२ बजेसम्म मात्रै हुने व्यवस्था थियो । सीमित समयका कारण विशेषगरी टाढाबाट आउने धेरै बिरामी उपचार सेवाबाट वञ्चित हुने अवस्था सिर्जना हुने गरेको थियो । हाल जेनरलको टिकट काट्ने समय २ बजेसम्म पुर्‍याइनुका साथै टोकन प्रणाली समेत लागू गरिएकाले सेवाग्राहीले थप व्यवस्थित, सहज र छिटो रूपमा सेवा लिन थालेका छन् । यस व्यवस्थापछि दैनिक बिरामीको संख्या बढ्दै गएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै,प्रतिष्ठानमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट नियमित रूपमा उपचार सेवा उपलब्ध हुँदै आएको छ । अत्याधुनिक उपकरण, सुविधा सम्पन्न उपचार प्रणाली, गुणस्तरीय प्रयोगशाला सेवा,आधुनिक रेडियोलोजी सेवा, आकस्मिक उपचार,शल्यक्रिया तथा विभिन्न विशेषज्ञ सेवाको उपलब्धताले दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र छिमेकी प्रदेशबाट समेत बिरामी उपचारका लागि आउने क्रम बढ्दो छ ।

त्यस्तै,विशेषज्ञ जनशक्ति,सेवा विस्तार,आधुनिक स्वास्थ्य पूर्वाधार तथा बिरामीमैत्री व्यवस्थापनका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानले आगामी दिनमापनि स्वास्थ्य सेवाको गुणस्तर थप सुदृढ बनाउँदै बिरामीलाई सहज,छिटो,प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]