
Amb
Sdc
ksbus


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार साँझ भक्तपुरस्थित निवासबाट उनी पक्राउ परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले देशसञ्चारसँग बताए ।
त्यस्तै,उनलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । किन पक्राउ गरिएको भन्ने खुलेको छैन । तर आइतबार नै प्रसाईंले पत्रकार सम्मेलेन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।
यस्तै,उनी यसअघि भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन् ।
