
Sdc
ksbus
Amb


दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजसम्मकै सबैभन्दा बढी बिरामीको चाप देखिएको छ ।
प्रतिष्ठानको लाइभ सेवा तथ्यांक अनुसार आज सोमबार एकै दिन एक हजार दुई सय ८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । जुन प्रतिष्ठानको इतिहासमै हालसम्मको सबैभन्दा उच्च दैनिक बिरामी संख्या हो ।
त्यस्तै,तथ्यांक अनुसार एक हजार एक सय ८० जना बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने ५१ जना आकस्मिक (इमर्जेन्सी) सेवामा उपचारका लागि आएका छन् । यसैगरी ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । आकस्मिक सेवामा उपचार गराएकामध्ये २६ जना पुरुष र २५ जना महिला रहेका छन् भने ओपीडी सेवामा ४३५ जना पुरुष र ७४५ जना महिलाले सेवा लिएका छन् । साथै ४४६ जना बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा प्राप्त गरेका छन् ।
विशेषज्ञ चिकित्सक,दक्ष स्वास्थ्यकर्मी,आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण प्रदेश तथा आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान पुग्ने क्रम बढिरहेको छ । उच्च बिरामी चापकाबीच चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेका छन् ।
त्यस्तै,प्रतिष्ठानले सेवाको गुणस्तरलाई कायम राख्दै सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइरहेको जनाएको छ ।
