Sidha Patra सोमबार, साउन १८, २०८३

काठमाडौँ । नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र रुपमा बढ्न थालेको छ । स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशभरका ७२ जिल्लाबाट २,०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

त्यस्तै,महाशाखाले पाक्षिक रुपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसुन सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना (२८%) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३%) संक्रमित भेटिएका छन् । जिल्लागत आधारमा झापा (२०४ जना), बागलुङ (१८० जना), सुनसरी (१६१ जना), पाल्पा (११६ जना) र कास्की (११० जना) सबैभन्दा बढी प्रभावित मुख्य पाँच जिल्लाका रुपमा रहेका छन् ।

​बर्षातको समय र बर्षा पश्चातको अवधिमा लामखुट्टेको वंशवृद्धि तीव्र हुने भएकाले डेंगुको संक्रमण अझै बढ्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले “श्रावण,भाद्र,आश्विन: डेंगु सचेतना तीन महिने अभियान” सञ्चालनमा ल्याएको छ ।
महाशाखाले डेंगु धेरै प्रतिवेदन भएका जिल्ला तथा स्थानीय तहहरूमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देशन निरन्तर पठाइरहेको जनाएको छ ।

त्यस्तै,यो तीन महिने अभियानमार्फत डेंगु सार्ने ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरुको खोजी गरी नष्ट गर्ने ल कार्यलाई तीव्र बनाउने र समुदायस्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ । ​डेंगु नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

यस्तै,घर-कार्यालय तथा सार्वजनिक स्थल वरपर पानी जम्न सक्ने पुराना टायर,ड्रम,गमला,बोतल तथा खुला भाँडाहरुमा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् । यसका साथै,लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन,राति तथा दिउँसो सुत्दा झुलको प्रयोग गर्न,घरका झ्याल ढोकामा जाली लगाउन र टोकाइबाट बच्ने मलमको प्रयोग गर्न अनुरोध गरिएको छ । डेंगुका लक्षणहरु देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी परामर्श लिन र उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]