
lnp
Dus
Sgp
Jns
Ggp
Ggp
Rgp
Usb
Rgp
Rgp
Pbu
Rgp
Asb
Lks
ksb
Dbs
Lnp
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिएका छन् । विभिन्न मन्त्रालयका मन्त्री,प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताए । `पुरानो अवस्थामा अघि बढ्न […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर -७ स्थित शिव चोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर […]
काठमाडौं । जेनजीको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही कार्य सुरु गरेको छ । भदौ २४ गतेको आगजनीबाट बचेका केही कुर्सी,टेबुल र त्रिपालको जोहो गरेर सर्वोच्चले खुला आकाशमुनि पालभित्र इजलास सञ्चालन गरेको हो । सुरक्षाकर्मीको निगरानीबीच पालभित्र एकल इजलास बसेर बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गरिएको हो । त्यस्तै बिहीबार करिब […]
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय,गृह मन्त्रालय,ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय,शिक्षा,विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायतमा तोडफोड सहित आगजनी गरिएको थियो । त्यस्तै हाल सो मन्त्रालय र […]
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो । ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ । मार्ने उद्देश्यले नै आएका देखिन्थे।, त्यस्तै उनले अनलाइनखबरसँग भने […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको दसैँ टीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार यहीँ असोज १६ गते बिहान ११ः५३ बजे टीकाको शुभसाइत तोकिएको छ । टीका लगाउँदा टीका लगाइमाग्नेले पूर्वतर्फ फर्कनु उत्तम हुने समितिले जनाएको छ। त्यस्तै समितिका अनुसार घटस्थापनाको शुभसाइत असोज ६ गते बिहान ९ः१३ बजे रहेको छ।
काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज आफ्ना सवारीसाधन,कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण,औजार आदिको पूजा गरी भव्य साथ विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव-निर्माणमा आधारित छ। घर,मन्दिर,नगरी,पुल, मेसिन,औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज,सुरक्षित र सम्पन्न बनाउनका […]
काठमाडौँ । उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गरेका छन् । मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् । त्यस्तै गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ । कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् । उनले सन् २०२१ मा नासाको […]