
Ratbs
Nssbus7
gms
Ssbus
Amb
Gsbus
Bksbus5
Csbus
dsbus
Rbs
Gsl
Jsbus
Ddhbs
Pbu

Rgu
Pvg
Sbs
Rsb
Bbu
Wsp
Gst
Ksm
Ssm
Rgu
Rgs
Sls
Ggd
Bbbpu
Hal
Asm
Vor
Tsm
nsb

Syp
Bml
Pls
Jmb
Rpp
bbt
Mks
Abd
Ptm
Gsb
Jmb
Rmb
sab
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ ।
कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् । उनले सन् २०२१ मा नासाको स्पेस एप्स च्यालेन्जमा सहभागी भई विश्वभरका वैज्ञानिक, प्रोग्रामर र इनोभेटरहरुसँगै ग्लोबल सिटिजन साइन्स प्रोजेक्टमा विभिन्न समस्या समाधानमा योगदान पुर्याउदै आएका छन् ।
त्यस्तै खगोल विज्ञानबारे जनचेतना फैलाउन लोहारले लेक्चर सेसन र नाइट अब्जर्भेसन गरी दुई तरिका अपनाउँदै आएका छन् । लेक्चर सेसनमा विद्यालयमै ४० मिनेटको कक्षा लिई ब्रह्माण्डको उत्पत्ति, ताराको जन्म र मृत्यु, उल्कापिन्ड, रकेट साइन्स तथा स्याटेलाइट प्रविधिबारे सरल तरिकामा प्रस्तुत गरिन्छ । “हामी बच्चाको उमेर र बुझ्ने क्षमताअनुसार कक्षा बनाउँछौं । सानालाई सरल, ठूलालाई गहन तरिकाले बुझाउँछौं,” उनले बताए । नाइट अब्जर्भेसनमा भने टेलिस्कोप मार्फत विद्यार्थीहरुलाई चन्द्रमा, ग्रह र ताराहरू प्रत्यक्ष अवलोकन गराइने गरिएको छ ।
यस्तै “विद्यार्थीहरुले विज्ञानलाई बुझ्ने दृष्टिकोण फरक बनोस्,ब्रह्माण्ड,तारा,टेलिस्कोप लगायतका विषयलाई पुस्तकमा मात्र होइन,प्रत्यक्ष अभ्यास मार्फत बुझ्न सकून् भन्ने उद्देश्यले टेस्ला साइन्स सेन्टर र विभिन्न विद्यालयहरुसँग मिलेर यो अभियान सञ्चालन गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब १४०० विद्यार्थी यस अभियानबाट लाभान्वित भएका छन् ।
