
Ksb
Bsn
Ppu
Ssb
Csb
Usb
Ssb
Nsb
Gsb
Ksb
Rsb
Rks
Ksb
Tgp

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
काठमाडौं । आज देशभर विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य साथ मनाइँदै छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं. २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
त्यस्तै संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।
