
Ggp
Rgp
Jns
Sgp
Rgp
Rgp
Ggp
Asb
ksb
Dbs
Dus
lnp
Rgp
Lnp
Lks
Usb
Pbu


काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज आफ्ना सवारीसाधन,कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण,औजार आदिको पूजा गरी भव्य साथ विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ ।
मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव-निर्माणमा आधारित छ। घर,मन्दिर,नगरी,पुल, मेसिन,औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज,सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् भगवान् विश्वकर्मा।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार,भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्,जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।
त्यस्तै नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजाको रूपमा मनाइन्छ। यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ,किनकि यो दिन भगवान् विश्वकर्माको जन्म भएको विश्वास गरिन्छ । यस दिन उद्योग–धन्दा,कारखाना,पसल,मेसिनरी,औजार, सवारीसाधनदेखि लिएर भवन निर्माणका उपकरणसम्म पूजा गरिन्छ। मजदुर,शिल्पकार, व्यापारी,प्राविधिक,इन्जिनियर,कलाकार लगायत सम्पूर्ण वर्गले यो दिन विशेष श्रद्धा र भक्ति भावका साथ मनाउँछन् ।
यस्तै समुद्रमन्थनबाट निस्किएका विश्वकर्माले नै कृष्णको द्वारका,पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो । नयाँ सवारीसाधन खरिद गरी विभिन्न शक्ति पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली,दक्षिणकाली लगायत मन्दिरमा दर्शनार्थीको अत्यधिक भिड लाग्छ।
त्यस्तै सत्ययुगमा स्वर्गलोकको निर्माण,त्रेता युगमा रावणको राजधानीको निर्माण,द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ। मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार,मेसिन,सवारीसाधन,उद्योग–धन्दा आदिलाई पनि पुजिन्छ। यसो गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने,उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ।
