
lnp
Sgp
Asb
Ggp
Rgp
Rgp
Rgp
Jns
Dus
Ggp
Rgp
Usb
Lks
ksb
Lnp

lms

काठमाडौँ । उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गरेका छन् ।
मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् ।
त्यस्तै गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यस्तै गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगायतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अव छिटै सबै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रुपमा निर्वाचन गर्ने उनको भनाई थियो ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन् ।
