
Lks
Rgp
lnp
Rgp
ksb
Usb
Lnp
Dus
Jns
Rgp
Sgp
Asb
Ggp
Pbu
Ggp
Rgp
Dbs
दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो । भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते […]
गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण बिहान साँझ छाक टार्न समस्या परेकाहरुलाई खाद्ययन्न सामाग्री बितरण गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा १८६ जना, वडा नम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा […]
दाङ। दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् । स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर […]
गुल्मीमा एक जनाको बेवारिसे शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा अन्दाजी ५५ वर्षको बेवारिसे अबस्थामा पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।सोमवार बिहान नाम थर नखुलेको अबस्थामा फेला परेको […]
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेकी युवाले बलात्कार गरेको पीडितले बताएकी छन् । बालिकाकी आमाका अनुसार १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले बालिकालाई बलात्कार गरेको आरोप लगाइन् । बालिकालाई मुख थुनेर पीडितकै घरमा बलात्कार भएको थियो । अर्का छिमेकीले […]
बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी शारदा ८ का २६ […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरीबाट छाक टार्नुपर्ने परिवारलाई चामल, दाल र नुन वितरण गर्ने भएको छ । लकडाउनका बेला मदजुरी बन्द भएपछि परिवारले खानै नपाउने अवस्था आउन सक्ने देखेपछि नगर क्षेत्रभित्रका विपन्न मजदुरका परिवारलाई १० किलोग्राम चामल, दुई किलो दाल र एक किलो नुन वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेले […]
अनिल खत्री,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना […]