
Tgp
Nsb
Usb
Ssb
Rsb
Ksb
Ssb
Csb
Ppu
Ksb
Bsn
Ksb
Rks
Gsb

Usb
Hl1
Tsb
Gsb
Ssb

Nps
ptl
Rgu
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरीबाट छाक टार्नुपर्ने परिवारलाई चामल, दाल र नुन वितरण गर्ने भएको छ ।
लकडाउनका बेला मदजुरी बन्द भएपछि परिवारले खानै नपाउने अवस्था आउन सक्ने देखेपछि नगर क्षेत्रभित्रका विपन्न मजदुरका परिवारलाई १० किलोग्राम चामल, दुई किलो दाल र एक किलो नुन वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेले बिहीबार बसेको नगर कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको बताए ।
उनका अनुसार लकडाउनका कारण रोजगारी गुमाएका विपन्न परिवारको संख्या नगरक्षेत्रमा ८ सयको हाराहारीमा छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा मजदुरका घरघरमै खाद्यन्न पु¥याउने व्यवस्था मिलाएको अध्यक्ष घिमिरेको भनाइ छ ।
