Sidha Patra आइतबार, चैत्र ३०, २०७६

प्यूठान ।  सरुमारानी गाउँपालिकाका बडडाँडा प्यूठानका कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाइले गाउँपालिका भित्रका अति बिपन्न समुदायका ८० परिवारलाई राहत बितरण गरेका छन । फोर्साबाङको सुकुम्बासी बस्ती सहित हसपुर, बड्डडाडा र तिरामका स्थानीयलाई प्रति परिवार २५ किलो चामल, एक किलो दाल नुन, तेल लगायतका राहत सामाग्रीहरु वितरण गरेका हुन् ।

उनले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग गरेको बताएका छन् । कोरोनाको त्रासले सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस् भन्नका लागि राहत दिइएको उनको भनाई छ ।

यस अघि गाउँपालिकाले पनि विपन्नलाई वडा मार्फत राहत बितरण गरेको थियो । तर गाउँपालिकाले समेट्न नसकेका परिवारहरुलाई राहत दिइएको हलवाईले जनाए । राहत पाएपछि संकटको घडीमा पनि ब्याक्तिगत हिसाबले देखाएको सहानुभूति प्रति खुसी व्यक्त गरे । लकडाउनले समस्यामा परेका बिपन्न र पीडित व्यक्तिहरुलाई सवैले सहयोग गर्नुपर्ने सरुमारानी ३ का स्थानीय तोम बहादुर सामतले बताए ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]