
Asm
jms
Sys
jmb
Ssbus
Rg-9
smb
Bpb
gms
Gsbus
Ppu

Ln7
Tsb
Sbs
Ln9
Gg1
Ssb
Ln8
Dps
Hl1
Ln2
Ln3
Usb
cks
Rys
bml
kbs
Gsb
Asm
Gg5
bmj

Snk
Gjl
Jab
Ksb
Sml
Sbs
Gg2
Bpb
Nps
ptl
Rss
Rgu
Gg3
Jpb
Gg4
Gg6
Sab
दाङ। दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ र भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले दुखेसो पोखे ।
अागोलाई गढवा गाउँपालिकाको र लमही नगरपालिकाको दम्कल सँगै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै रहेको बिद्युुत्तको ट्रान्सफार्मर फ्युुज हुँदा निस्किएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए । अागलागीबाट क्षतीको बिवर्ण भने एक्किन हुन सकेको छैन । प्रहरीले मुचुल्का तयार गरेर मात्र सार्बजनिक गर्ने गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
