
Ggp
Rgp
Pes
pku
Djs
Lnp
Unsku
Sgr
Srbpu
sbs
cjs
Pbu
Gfs
Rgp1

Vor
Rgu
Wsp
Rgs
Pvg
Asm
Hal
Sls
Ssm
Rsb
Rgu
Ksm
Ggd
Bbbpu
Tsm
Gst
nsb
Bbu
Sbs

Abd
bbt
Rmb
Jmb
Syp
Ptm
Pls
Mks
Rpp
Bml
Gsb
Jmb
sab
बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ ।यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना ४३ प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका–७ चोरमारा बस्ने २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।दुर्घटनामा परी घाइते सोही स्थान निवासी ३० वर्षीय बुद्धिराम महतोको भरतपुरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल सामान्य घाइते भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।
