
Pbu
Sgr
Pes
Rgp1
Lnp
Ggp
Ses
Unsku
Srbpu
cjs
Djs
Rgp
Gfs
pku

Pvg
Sls
Rgu
Wsp
Rgs
Ggd
Vor
Sbs
Bbbpu
nsb
Bbu
Gst
Tsm
Rgu
Hal
Ssm
Asm
Ksm
Rsb

Ptm
bbt
Rmb
Gsb
sab
Pls
Mks
Jmb
Syp
Abd
Jmb
Rpp
Bml
दाङ । लमही नगर निर्माण महाअभियान”अन्तर्गत लमही नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ ।
नगरपालिकाले जन्म,मृत्यु लगायतका व्यक्तिगत घटनाहरु समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको हो । यस अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
यसै क्रममा सोमबार लमही नगरपालिका वडा नम्बर ६ मा केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्यु दर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।
घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी,प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडा अध्यक्ष श्यामनारायण चौधरी,वडा सचिव बिन्तिराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएको बताए । उनले जन्म,मृत्यु,विवाह तथा बसाइँसराइ जस्ता घटनाहरु समयमै दर्ता गराउनु आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार घटना दर्ता नागरिकताको प्रमाण,सामाजिक सुरक्षा भत्ता,शैक्षिक सेवा तथा अन्य प्रशासनिक सुविधा प्राप्त गर्नका लागि महत्वपूर्ण आधार मानिन्छ ।
त्यस्तै घरदैलोमै पुगेर सेवा प्रदान गर्दा नागरिकलाई सहजता मिल्नुका साथै सबै नागरिकलाई घटना दर्ताको दायरामा ल्याउन सहयोग पुग्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताए । यस्तै हालका लागि यस अभियान अन्तर्गत जन्म दर्ता र मृत्यु दर्ता सेवा घरमै पुगेर प्रदान गर्न सुरु गरिएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार नागरिकलाई घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रुपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
उनले प्रायः नागरिकहरु ३५ दिन नाघेपछि मात्रै दर्ता गर्न आउने प्रवृत्ति रहेको उल्लेख गर्दै यस अभियानले नागरिकलाई समयमै दर्ता गर्न सचेत गराउने र ढिलाइका कारण लाग्ने जरिवाना न्यूनिकरण गर्न मद्दत पुग्ने बताए ।
