
Sdc
Amb
ksbus
रुकुमपूर्व । जँगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उनिहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास सफल नभएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका हुन् । स्थानीय ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ […]
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ डायलाइसिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएका छन् । डायलाइसिस सेवा लिन अझै पनि करिब ५० जना बिरामी पालो कुरेर बस्नुपर्ने अवस्था रहेकाले सेवा विस्तारका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए । रोटरी क्लब अफ लमहीको सातौँ पद […]
रोल्पा । पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका हुन् । त्यस्तै,मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावकविहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीडित परिवारको घरमै पुगेर १६ हजार ५ सय ८५ नगदसहित चामल,तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । केही वर्षअघि बुवा कमल पुनको निधन […]
दाङ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले कोइलाबास नाकाबाट २५ हजार रुपैयाँभन्दा बढी मूल्यका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग पहल गर्न माग गरेका छन् । अर्थ मन्त्रालयलाई सम्बोधन गर्दै सदस्य घिमिरेले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकास्थित गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको कोइलाबास नाकालाई सहज बनाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका हुन् […]
दाङ । देउखुरीको राजपुरमा माटोको ढिस्को खस्दा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)डा.हेम बहादुर केसीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर १३ वर्षीय दिपेश चौधरी पुरिएका हुन् । शनिबार राति करिब ९ […]
दाङ । यात्रुलाई बासी खाना खुवाउने एक होटेललाई जरिवाना गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया स्थित पूर्व–पश्चिम हाइवे होटेललाई २५ हजार रुपैया जरिवाना गरिएको हो । फ्रिजमा अस्वस्थकर, वासी खाना भण्डारण गरेको,पकाएर बनाईने खानामा कृतिम रंग प्रयोग गरेको,भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूचि नटासेको,नालीहरुमा फोहर पानी जमेको, भान्सामा […]
मुगुमा । घरमाथिबाट पहिरो खस्दा एक जना बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन् । सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर जिल्लाको मुगम कार्मारोङ गाउँपालिका वडा नम्बर ५ पुलु बजारमा घरमाथि बाट झरेको पहिरोले छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवाल च्यापिएका थिए । जिल्ला प्रहरी प्रमुख डिएसपी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा श्री माध्यमिक विद्यालय चैनपुर, गढवा–५, चैनपुर, देउखुरी, दाङमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १२ सम्मका ४५३ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक, टाइ तथा बेल्ट वितरण गरिएको छ । विद्यार्थीलाई समान अवसर प्रदान गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम शुक्रबार एक विशेष […]