Sidha Patra आइतबार, साउन १०, २०८३

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावकविहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीडित परिवारको घरमै पुगेर १६ हजार ५ सय ८५ नगदसहित चामल,तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । केही वर्षअघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई बालकले हालै आमासमेत गुमाएका हुन् । विषालु च्याउ खाँदा आमा दीपा पुनको निधन भएपछि उनीहरू पूर्णरूपमा अभिभावकविहीन बनेका छन् । दुवै अभिभावकको निधनपछि बालकहरूको शिक्षा,पालनपोषण तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ ।

त्यस्तै,उनीहरुको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरुबाट समेत सहयोग जुटिरहेको छ । विभिन्न व्यक्ति,संघसंस्था तथा सामाजिक अभियन्ताहरुले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएका छन् । तर बालकहरुको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गरिदिन अपिल गरिएको छ ।

सबैको सानो सहयोगलेपनि अभिभावकविहीन बनेका बालकहरुको शिक्षा,पालनपोषण र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]