आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्दै मानवीय सन्देश फैलाए लुमाकान्त बोहोराले

दाङ । आफ्नो जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै लुमाकान्त बोहोराले लमहीस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गरेका छन् । जन्मदिनको विशेष अवसरमा रक्तदान गर्दै बोहोराले रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूको जीवन बचाउन सानो भएपनि योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले जन्मदिन,विवाह वर्षगाँठ तथा अन्य विशेष […]

फ्लाई दुबईद्वारा पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु

कास्की । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक […]

सरकारसंग जनजाति महिला महासंघद्वारा आदिवासी जनजातिका संस्थाहरु खारेज नगर्न माग

काठमाडौं । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले माइतीघर मण्डलामा सांकेतीक धर्ना कार्यक्रम मार्फत सरकारलाई खबरदारी गरेका छन् । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतका आदिबासीका संस्थाहरुलाई खारेज गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै महासंघले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष शोभा सुनुवारले माइतीघर मण्डलामा राखिएको सांकेतीक […]

गृहमन्त्री सुधन गुरुङको निर्णय,राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । मंगलबार आज पदबहाली लगत्तै उनले सो निर्णयको घोषणा गरेका हुन् । त्यस्तै,२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

रुकुमपूर्वमा पर्यटन र रोजगारी जोड्न ट्रेकिङ गाइड तालिम

रुकुमपूर्व । पर्यटन प्रवर्द्धनसँगै स्थानीय युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पुथा उत्तरगंगा गाउँपालिकामा १५ दिने ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा युवा विकास केन्द्र (वाईडीसी) ले सञ्चालन गरेको तालिम मंगलबारदेखि पुथा उत्तरगंगा–१०, तकसेरामा सुरु भएको हो । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले गरेका छन् । तालिममा पर्यटकीय गन्तव्यको पहिचान, ट्रेकिङ […]

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनद्वारा शपथ ग्रहण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनद्वारा शपथ ग्रहण लिएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । मङ्गलबार आज प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । त्यस्तै प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुलाई प्रभावकारी काम देखाउन निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । मङ्गलबार आज आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उनले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका […]

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

दाङ । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ २१ गतेदेखि २५ गतेसम्म दाङका विभिन्न स्थानमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको थियो । सो क्रममा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा ओसारपसार गर्ने ३ वटा […]

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अहिरलाई बर्खास्त गर्न जसपा नेपालको माग

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् । सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता दिइसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको विज्ञप्तिमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]