
Sdc
Amb
ksbus
दाङ । नेकपा एमालेका अग्रणी नेता तथा दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । बस्नेतले दाङमा कम्युनिष्ट आन्दोलन विस्तार तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनी नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष तथा हाल पार्टीको केन्द्रीय सल्लाहकार […]
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय […]
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । त्यस्तै,यतिबेला देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन […]
काठमाडौं । हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड ‘भिडा’ ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको जनाएको छ । नेपालमा भिडाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । कम्पनीले नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै ‘भिडा भिएक्स–२’ स्कुटर शृङ्खला […]
रुकुमपूर्व । जँगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उनिहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास सफल नभएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका हुन् । स्थानीय ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ […]
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ डायलाइसिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएका छन् । डायलाइसिस सेवा लिन अझै पनि करिब ५० जना बिरामी पालो कुरेर बस्नुपर्ने अवस्था रहेकाले सेवा विस्तारका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए । रोटरी क्लब अफ लमहीको सातौँ पद […]
रोल्पा । पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका हुन् । त्यस्तै,मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावकविहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीडित परिवारको घरमै पुगेर १६ हजार ५ सय ८५ नगदसहित चामल,तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । केही वर्षअघि बुवा कमल पुनको निधन […]
दाङ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले कोइलाबास नाकाबाट २५ हजार रुपैयाँभन्दा बढी मूल्यका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग पहल गर्न माग गरेका छन् । अर्थ मन्त्रालयलाई सम्बोधन गर्दै सदस्य घिमिरेले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकास्थित गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको कोइलाबास नाकालाई सहज बनाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका हुन् […]