आजदेखि शहीद सप्ताह सुरु पहिलो दिन शहिद शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं । आजदेखि शहीद सप्ताह सुरु भएको छ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाडौंको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर […]

हुम्ला,जुम्ला,दार्चुला र डडेल्धुरा लगायतका जिल्लाहरुमा हल्का पानी र हिमपात

काठमाडौं । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न […]

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी देउखुरीले गर्‍यो पौने दुई लाखको स्टेसनरी सहयोग

दाङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीले गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा रहेको रात्रि प्राथमिक विद्यालयमा पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।समितिले १३ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा उक्त पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री एक कार्यक्रमका बीच शुक्रबार आज वितरण गरेको हो । नेपाल […]

घोराही उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर

दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालिन समयमा बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको हो । केसीसंग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दावि गरिएको छ । अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी […]

आज माघ शुक्ल पञ्चमी,देवी सरस्वतीको विधिपूर्वक पुजाआराधाना गरि देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी देशभर मनाइँदैछ । त्यस्तै वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने […]

कुलपानी सामुदायिक वनका महिलाहरुद्वारा वन संरक्षणमा प्रतिबद्धता

दाङ । कुलपानी सामुदायिक वनको आयोजनामा समूहका महिलाहरुसंग अभिमुखीकरण गोष्ठी बिहिवारदेखि सुरु गरेको छ । सामुदायिक वन समूहको पर्यावरण विकास तथा वन संरक्षण सम्बर्द्धन र सदुपयोग सम्बन्धि वन क्षेत्रसंग जोडिएका बडहरा पत्रिङ्गा टोलको महिलाहरुसंग एक दिने अभिमुखीकरण गोष्ठी गरिएको हो ।समूहका ३३ जना महिलाहरुको सहभागितामा सुरु भएको गोष्ठी कार्यक्रममा समूहका महिलाले निम्न विषयवस्तुमा केन्द्रित रहेर […]

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका वडा नम्बर -८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन । यस्तै दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी […]

मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहन्छ :अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहने बताउनुभएको छ। बुधबार जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त दाङ जिल्ला ऐतिहासिक घोषणा” कार्यक्रममा बोल्दै उनले समाजको विकासका लागि सडक,भवन वा अन्य भौतिक संरचना मात्र पर्याप्त नभएको उल्लेख गरे । जनमानस र चेतनाको विकास पनि […]

राजपुरमा संस्थागत विद्यालय समन्वय समितिद्वारा जेब्रा क्रसिङ निर्माण

दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो । संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]