Sidha Patra आइतबार, साउन १०, २०८३

दाङ । देउखुरीको राजपुरमा माटोको ढिस्को खस्दा पुरिएर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)डा.हेम बहादुर केसीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर १३ वर्षीय दिपेश चौधरी पुरिएका हुन् ।

शनिबार राति करिब ९ बजे १८ वर्षीय सुमित यादव र दिपेश चौधरी मिलेर ट्याक्टरमा माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा दिपेश पुरिएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले दिपेशलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै,प्रहरीले ट्याक्टर चालक यादवलाई नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता केसीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]