
Amb
Dbc
Sdc


रोल्पा । पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका हुन् ।
त्यस्तै,मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
अध्यक्ष पुनका अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गम्भिर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको छ । पहिरोमा केही पशुचौपाय पनि परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब सवा १ बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।
