
Lnp
Pes
Pbu
Rgp
cjs
Ses
Ggp
Rgp1
Gfs
Djs
pku
Sgr
Unsku
Srbpu

Rgu
Rsb
Pvg
Gst
Ggd
Ksm
nsb
Tsm
Vor
Sbs
Asm
Rgs
Ssm
Wsp
Rgu
Bbu
Sls
Hal
Bbbpu

Jmb
bbt
Syp
Ptm
Mks
Rpp
Rmb
Bml
Abd
sab
Jmb
Gsb
Pls
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ।
आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने जनाएपनि आजदेखि कार्यान्वयनमा ल्याएको हो ।
यो आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान,विश्वविद्यालय,सङ्घसंस्था तथा प्रतिष्ठान,राजनीतिक दल तथा उम्मेदवारका लागि लागू हुने आयोगले जनाएको छ ।
१. के गर्न पाइन्छ?
क. प्रचार-प्रसार
तोकिएको समय र स्थानमा मात्र निर्वाचन प्रचार-प्रसार गर्न पाइन्छ।
ख. कपडाको ब्यानर
निर्वाचन प्रचारको लागि ३x४ फिट साइजको एउटा मात्र रङ भएको कपडाको ब्यानर प्रयोग गर्न पाइन्छ।
ग. सवारी साधन प्रयोग
अनुमति लिएर मात्र तोकिएको सङ्ख्यामा सवारी साधन प्रयोग गर्न पाइन्छ (उम्मेदवारले प्रतिनिधि सभाका लागि बढीमा दुईवटा र प्रदेश सभाका लागि एउटा हलुका सवारी साधन प्रयोग गर्न सक्ने)।
४. सञ्चार माध्यममा विज्ञापन
रेडियो, टेलिभिजन वा पत्रपत्रिकामा तोकिएको समय अवधि (समय सीमा) भित्र रहेर विज्ञापन दिन पाइन्छ।
५. टोपी र टिसर्ट
उम्मेदवारले आफ्नो पहिचान खुल्ने साधारण चिन्ह भएको टोपी वा टिसर्ट लगाउन सक्छन् तर ती वितरण गर्न पाइँदैन।
६. शान्तिपूर्ण जुलुस
स्थानीय प्रशासनको अनुमति लिएर तोकिएको मार्गमा मात्र जुलुस वा आमसभा गर्न पाइन्छ।
७. निर्वाचन आयोगले तोकेको सीमाभित्र निर्वाचन प्रचारप्रसारका लागि खर्च गर्न पाइन्छ तर निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र निर्वाचन खर्चको वास्तविक विवरण आयोगमा बुझाउनुपर्छ।
२. के गर्न पाइँदैन?
(क) सरकारी र सार्वजनिक निकायका लागि
– सरकारी स्रोत, साधन (सवारी साधन, भवन आदि) कुनै पनि पक्षको प्रचारमा प्रयोग गर्न पाइँदैन।
– नयाँ पद सिर्जना गर्ने, नियुक्ति गर्ने, सरुवा वा बढुवा गर्न पाइँदैन । अत्यावश्यक हुँदा आयोगसँग अनुमति लिनुपर्छ ।
– नयाँ योजनाको शिलान्यास गर्ने वा बजेट स्वीकृत नभएका नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन।
ख) राजनीतिक दल र उम्मेदवारका लागि
– निर्वाचन प्रचार-प्रसार वा जुलुसमा बालबालिकालाई प्रयोग गर्न पूर्णतया निषेध छ।
– मतदातालाई लोभ्याउन भोजभतेर गर्न, नगद बाँड्न वा कुनै पनि प्रकारको उपहार दिन पाइँदैन।
– घर वा सार्वजनिक स्थानको भित्तामा रङले लेख्न वा पोस्टर टाँस्न पाइँदैन।
– मन्दिर,मस्जिद,गुम्बा,चर्च वा कुनै पनि धार्मिक स्थलमा निर्वाचन प्रचार गर्न पाइँदैन।
-निर्वाचनको क्रममा कुनै पनि प्रकारको हातहतियार प्रदर्शन वा प्रयोग गर्न पाइँदैन।
(ग) सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि
– कसैको चरित्र हत्या हुने गरी झुटो सूचना फैलाउन, मिथ्या सूचना दिन वा ‘हेट स्पीच’ दिन पाइँदैन।
– अरुको पोष्टमा नकारात्मक प्रतिक्रिया दिन वा अरुलाई अपमान गर्ने गरी सेयर/ट्याग गर्न पाइँदैन।
