
Rgp1
Gfs
Unsku
Lnp
Ses
Djs
Ggp
Pes
Rgp
pku
cjs
Sgr
Srbpu
Pbu

Tsm
nsb
Sbs
Pvg
Rgu
Ssm
Sls
Wsp
Rgu
Gst
Bbu
Rgs
Hal
Ggd
Ksm
Vor
Rsb
Bbbpu
Asm

Pls
Mks
Rmb
bbt
Ptm
Jmb
Bml
Gsb
sab
Rpp
Syp
Abd
Jmb
दाङ । आज २८६२ औँ सोनाम ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउदै छन् ।
यस अवसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तामाङ समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले सोनाम ल्होसारले आपसी सद्भाव,भाइचारा र सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो पर्वले तामाङ समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
नगर प्रमुख चौधरीले नयाँ वर्ष २८६२ ले सबैको जीवनमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै लमही नगरपालिकालाई विविध जातजाति,भाषा र संस्कृतिको सम्मान गर्ने साझा घरका रूपमा अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
त्यस्तै हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार तामाङ समुदायको महत्वपूर्ण पर्व हो । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा–आराधना तथा पारम्परिक नाचगानमार्फत पर्व मनाइने गरिन्छ ।
