प्रिया स्मृती गजमेर/लमही सोमबार, माघ ०५, २०८२

दाङ । आज २८६२ औँ सोनाम ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउदै छन् ।

यस अवसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तामाङ समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले सोनाम ल्होसारले आपसी सद्भाव,भाइचारा र सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो पर्वले तामाङ समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

नगर प्रमुख चौधरीले नयाँ वर्ष २८६२ ले सबैको जीवनमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै लमही नगरपालिकालाई विविध जातजाति,भाषा र संस्कृतिको सम्मान गर्ने साझा घरका रूपमा अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार तामाङ समुदायको महत्वपूर्ण पर्व हो । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा–आराधना तथा पारम्परिक नाचगानमार्फत पर्व मनाइने गरिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]