लमहीमा मेयरकप क्रिकेट शुरु,पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्ट्स तुलसीपुर बिजयी

दाङ । लमहीमा शनिबारदेखी शुरु भएको टि-२० जिल्ला स्तरिय मेयरकप क्रिकेटको पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्टस क्लब तुलसीपुर बिजयी भएको छ । उसले घोराही क्रिकेट एकेडेमीलाई ४ विकेटले पछि पार्दै बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको घोराही क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन जोड्यो । घोराहीको योगफल तयार गर्न […]

बाँकेमा वडा अध्यक्ष र कार्यालय सहयोगी घुस रकम सहित पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका वडा कार्यालयमै घुस लेनदेन हुने गरेको छ । नेपालगन्जको वडा नम्बर १३ का कार्यवाहक वडाअध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारका अनुसार कृषि अनुदानका लागि […]

राजपुरमा किर्ते हस्ताक्षरगरि नागरिकता बनाइदिने विश्वकर्मा पक्राउ,वडा अध्यक्ष र सचिव फरार

दाङ । राजपुरमा किर्ते हस्ताक्षरगरि नागरिकता बनाउने विश्वकर्मा पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाति विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको पाइएपछि विश्वकर्मा पक्राउ परेका हुन् । विश्वकर्माले गत बैशाख महिनाको २७ गते गाउँका पाँच जना सर्जमी साक्षीलाई वडामा लगि नातिलाई छोरा […]

एण्टिबायोटिकले मानव स्वास्थ्यमा गर्ने असरबारे कार्यशाला

दाङ । मानव स्वास्थ्यमा एण्टिबायोटिक औषधिले निकै असर पुरयाउने बिषयमा शुक्रवार देउखुरीको लमहीमा पत्रकारहरुसंग सचेतनामूलक कार्यशाला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी को संयुक्त साझेदारीमा लमहि स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा मिडिया मार्फत एण्टिबायोटिक औषधिको असरका बारेमा आम नागरिकहरु समक्ष सचेतना प्रबाह गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको […]

दाङमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव उद्घाटन

दाङ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आज बहुउद्धेश्य सभाहल दाङ्को घोराहीमा उद्घाटन भएकाे छ। राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री माननीय रेखा शर्माले गर्नू भएको छ।  महोत्सवको उद्घाटन गर्दै शर्माले भविष्यमा बाल चलचित्र अभियान महोत्सवहरु यस किसिमको गाउँघरमा संचालन गर्ने छ भन्ने आशा,भरोसा र सहयोग […]

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

काठमाडौं। आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो । परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ । परिषद्ले […]

प्रधानन्यायाधीशमा कार्की नियुक्त,आजै कार्यभार सम्हाल्ने

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ। सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्ने छन्।

तुलसीपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना गम्भीर घाइते

दाङ । तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । मृत्यु हुनेमा […]

आज रोल्पा र रुकुमका मगर समुदायले भूम्या पर्व धुमधामका साथ मनाउँदै

रोल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ,सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । त्यस्तै भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ। भूमि देवता खुसी भए प्राकृतिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]