टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, आषाढ ०२, २०८०

दाङ । लमहीमा शनिबारदेखी शुरु भएको टि-२० जिल्ला स्तरिय मेयरकप क्रिकेटको पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्टस क्लब तुलसीपुर बिजयी भएको छ ।

उसले घोराही क्रिकेट एकेडेमीलाई ४ विकेटले पछि पार्दै बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको घोराही क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन जोड्यो । घोराहीको योगफल तयार गर्न विषम थापाले ३५ बल खेल्दै ६ चौकाको मद्धतमा ३८ रन जोडे ।

त्यस्तै बिर्सब सेन्चुरीले १९ रन, सुमन दसौदी र शिशिर डिसिले समान १७-१७ रन र आशिष वलिले १२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् । घोराही एकेडेमीलाई सस्तैमा समेट्न त्रिशिद्वेश्वरीका दिवान पुनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । हरिस केसीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने कर्शन रुपाखेती र करन सार्कीले समान १-१ विकेट लिए । १ सय १८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको त्रिशिदेश्वरीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

त्रिशिद्वेश्वरीलाई जित दिलाउन समीर न्यौपानेले ३६ बल खेल्दै ३ चौकाको मद्धतमा २८ रन जोडे । गणेश विक २२ रन, सुदिप नेपाली २१ रन, निर्भिक पाठक १७ रन र हरिश केसी ६ रनमा अबिजित रहे ।
बलिङमा घोराहीका आयुस वलि, राम वरण यादव, अनुप न्यौपानेले समान २-२-२ विकेट लिए । त्यस्तै आवाज गौतमले १ विकेट हात पारेपनि घोराहीलाई जित दिलाउन भने सकेनन् । प्रतियोगितामा म्यान अफ दि म्याच हरिश केसीलाई घोषित गरिएको थियो ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मेयरकप क्रिकेट प्रतियोगिता जारी छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रेन स्टोर्मिङ इभेन्ट्सको आयोजनामा प्रतियोगिता शुरु भएको हो । शनिबार लमहीका मेयर जोगराज चौधरीले प्रतियोगिताको बिधिवत उद्घाटन गरेका हुन् । पहिलो दिनको दोस्रो खेलमा गोरखा स्कुल र मध्यनगर युवा क्लब बिच खेल चलिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]