जाँचबुझ आयोगद्वारा ओली,लेखक र खापुङलाई १०/१० वर्ष जेल हाल्न सिफारिस

काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसहितका व्यक्तिहरुलाई दोषी ठहर गर्दै जेल सजाय नै गर्न सिफारिस गरेको पाइएको छ। जाँचबुझ आयोगले फागुन २४ गते बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङलाई दश–दश […]

गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिता:फुटबल पुरुषतर्फ राजपुर,महिला गढवा प्रथम

दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद:शिक्षा, स्वास्थ्य,कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो। मैत्रीपूर्ण पुरुष फुटबलतर्फ […]

मनकामना दर्शन गरेर फर्किदै गरेको गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु

कास्की । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । त्यस्तै घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ […]

पोखरामा एलपी ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

कास्की । पोखरामा ग्यास लुकाउने एक डिलरलाई जरिवाना गरिएको छ । एलपी ग्यास लुकाएर कृत्रीम अभाव सिर्जना गर्ने र सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा उक्त डिलरलाई ५० हजार जरिवाना लगाइएको हो । जिल्ला प्रशासन सहितको अनुगमनका क्रममा बदमासी गरेको भेटिएपछि पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । […]

एमाले पार्टीबाट दाङको एकल प्रतिनिधित्व गर्दै साजिदा सिद्धिकीको संसदीय यात्रा तय

दाङ । नेकपा एमालेबाट दाङ जिल्लाको एकल प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य साजिदा सिद्धिकीको संसदीय यात्रा तय भएको छ । नेकपा एमालेको सचिवालय बैठकले आज सार्वजनिक गरेको १६ सदस्यीय समानुपातिक सूचीमा सिद्धिकीको नाम समावेश भएपछि उनी संघीय संसद प्रवेश गर्ने निश्चित भएको हो । यससँगै दाङबाट एमालेको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेताका रुपमा सिद्धिकी अगाडि […]

जनताको पक्षमा दृढ भएर उभिनु आवश्यक:लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्ता पंक्तिमा आग्रह गरेका छन् । नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय रुपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिएका हुन् । मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे […]

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पाठक पक्राउ

झापा । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका वडा नम्बर–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको […]

रगत अभाव देखेपछि लमही जेसीज र चार संस्था मिलेर लमहीमा बृहत् रक्तदान शिविर

दाङ । रगतको अभाव देखिएपछि देउखुरीको लमहीमा शनिबार आज बृहत् रक्तदान शिवर कार्यक्रम सञ्चालन गरिएको छ। भरखरै सम्पन्न निर्वाचनको अवधिभर लमही क्षेत्रमा रक्दान शिवर नभएको र जसका कारण अस्पतालमा रगतको अभाव देखिएपछि रक्तदान शिविर सञ्चालन गरेर रगत संकलन गरिएको हो । लमही जेसीज,रोट्रयाक्ट क्लव अफ लमही,रोटरी क्लव,किवसिस क्लव लगायतका संस्थाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस […]

राप्तीको देविकोट दर्शन दौड:पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम

दाङ । राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन् ।शुक्रबार सम्पन्न भएको प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]