
Pbu
Srbpu
Gfs
Sgr
Lnp
Djs
Pes
pku
Ses
Rgp
cjs
Rgp1
Ggp
Unsku

Pvg
Sls
nsb
Bbu
Sbs
Rgs
Rgu
Ggd
Bbbpu
Ssm
Vor
Wsp
Hal
Tsm
Rsb
Gst
Rgu
Asm
Ksm

Mks
Ptm
Abd
sab
Gsb
Jmb
Pls
Rmb
Bml
Syp
Jmb
bbt
Rpp
कास्की । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
त्यस्तै घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । घटना स्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ ।
ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ‘बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ । बाटो निकै ठाडो र अप्ठ्यारो छ,’ उनले भने, ‘त्यसमाथि पानी पनि परिरहेको छ । ब्रेक नलागेरै (ब्रेक फेल) गाडी खसेजस्तो लाग्छ ।’ रुट बाहिरको गाडी भएका कारण पनि बाटोबारे ज्ञान नभएको हुन सक्ने अनुमान गरिएको छ ।रातोपाटी
