सबइन्जिनियरको करार अवधि थप्न चौरजहारीका मेयर वादीले बुझे बैंक खातामै एक लाख घुस

रुकुमपश्चिम । सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ। आर्थिक वर्ष ०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक […]

म तलब खान्नँ-प्रतिनिधि सभा सदस्य सुधन गुरुङ

काठमाडौं । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरुङले सांसदको तलब नखाने बताएका छन्। रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरुङले तलब नखाने बताएका हुन् । ‘म त (तलब) खान्नँ नि। किन तलब खानु र,’सांसद नेता भएर तलब नखाने भन्ने पत्रकारको प्रश्नमा उनले […]

ठमेलबाट स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । यस्तै चीनको हुवान घर भएका जियाङ आइतबार […]

गढवा गापा र CSRC द्वारा भूमिहीन कृषकलाई मौरीपालन तालिम

दाङ । देउखुरीको गढवा गाउँपालिकामा भूमिहीन कृषकलाई लक्षित गरी सात दिने मौरीपालन सम्बन्धी तालिम सुरु भएको छ । गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित सात दिने मौरीपालन तालिम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सुरु भएको हो । UN‑Habitat र Good Neighbours International Nepal को आर्थिक सहयोगमा सञ्चालन भएको […]

लमही नगरपालिकाद्वारा घरदैलोमै पुगेर जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण अभियान सुरु

दाङ । लमही नगर निर्माण महाअभियान”अन्तर्गत लमही नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ । नगरपालिकाले जन्म,मृत्यु लगायतका व्यक्तिगत घटनाहरु समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको हो । यस अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने […]

मुद्धाको प्रतिरक्षालाई अझ प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्य न्यायाधिवक्ताको कार्यालयले न्याय निरूपण तथा प्रदेश सरकारको कानुनी प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा सोमबार राप्ती उपत्यका(देउखुरी) मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्रतिरक्षाको कामलाई कार्यालयले सुदृढ र प्रभावकारी बनाउँदै लगेको उल्लेख गरे […]

गढवामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखिकरण

दाङ । गढवा गाउँपालिकाको समन्वय तथा सहजीकरणमा सञ्चालन भइरहेको स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPASS) सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिनको सत्रमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPASS) सम्बन्धी विषयमा प्रशिक्षण दिए । दोस्रो सत्रमा गढवा […]

जुम्लामा डढेलोबाट ३३०.२८ हेक्टरमा वन क्षति

जुम्ला । जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए । चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ […]

राप्ती गाउँपालिकाका सिलाई व्यवसायीलाई स्तरवृद्धि तालिम

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले स्थानीय सिलाई व्यवसायीहरूको सीप तथा पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने कटाई सिलाई सम्बन्धी स्तरवृद्धि सीप विकास तालिम आइतबारदेखि सुरु गरेको छ । तालिमको आइतबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीयस्तरमा रहेका सिलाई व्यवसायीहरुको सीपलाई थप परिष्कृत गर्दै स्वरोजगार र आयआर्जनका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]