
Pes
cjs
Ses
Djs
Pbu
Rgp1
Lnp
Srbpu
Ggp
pku
Sgr
Unsku
Gfs
Rgp

Bbbpu
Tsm
Vor
nsb
Gst
Rgu
Ggd
Rgu
Hal
Wsp
Rsb
Bbu
Sbs
Ksm
Rgs
Asm
Ssm
Pvg
Sls

Mks
Jmb
sab
bbt
Abd
Jmb
Rpp
Ptm
Pls
Gsb
Rmb
Bml
Syp
दाङ । रगतको अभाव देखिएपछि देउखुरीको लमहीमा शनिबार आज बृहत् रक्तदान शिवर कार्यक्रम सञ्चालन गरिएको छ।
भरखरै सम्पन्न निर्वाचनको अवधिभर लमही क्षेत्रमा रक्दान शिवर नभएको र जसका कारण अस्पतालमा रगतको अभाव देखिएपछि रक्तदान शिविर सञ्चालन गरेर रगत संकलन गरिएको हो ।
लमही जेसीज,रोट्रयाक्ट क्लव अफ लमही,रोटरी क्लव,किवसिस क्लव लगायतका संस्थाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही शाखा र आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरि रगतको आपूर्तिलाई सहज बनाइएको छ । ‘रगतको अभाव हुन थालेपछि सबै मिलेर शिविर आयोजना गरेका हौँ’रोट्रयाकट क्लवका अध्यक्ष रुपक खनालले भने,‘सामाजिक समस्यालाई सामुहिक रुपमा सम्बोधन गर्ने गरी काम गरिरहेका छौँ।’
त्यस्तै शिविरमा स्थानीय जुम्ल्याह दाजुभाई प्रविण पौडेल र प्रभाव पौडेलले रक्तदान गरेसँगै शिविर सुरु भएको थियो । अर्का विद्यार्थी बसन्त गोराथोकी रक्तदान गर्न पाउँदा खुसी व्यक्त गर्छन्। ‘पहिलो पटक रक्तदान गर्ने अवसर जुर्यो’ उनले भने भने,‘अब नियमित रक्तदान गर्छु।’
उक्त शिविरमा युवा-विद्यार्थीहरु स्व:स्फूर्त सहभागी भएर रक्तदान गरिरहेको लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार यस किसिमको कार्यक्रम विगत देखि नै संचालन हुँदै आएको र आगामी दिनमा पनि निरन्तर गर्ने बताए ।

