
cjs
Pes
Rgp1
Ggp
Rgp
Sgr
Gfs
Pbu
Djs
Unsku
Lnp
Ses
Srbpu
pku

Gst
Ggd
Rgu
nsb
Vor
Wsp
Tsm
Hal
Sbs
Bbbpu
Ssm
Ksm
Sls
Pvg
Bbu
Rsb
Rgs
Asm
Rgu

Syp
bbt
Mks
Ptm
Abd
Jmb
sab
Jmb
Rpp
Gsb
Rmb
Bml
Pls
कास्की । पोखरामा ग्यास लुकाउने एक डिलरलाई जरिवाना गरिएको छ ।
एलपी ग्यास लुकाएर कृत्रीम अभाव सिर्जना गर्ने र सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा उक्त डिलरलाई ५० हजार जरिवाना लगाइएको हो । जिल्ला प्रशासन सहितको अनुगमनका क्रममा बदमासी गरेको भेटिएपछि पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
अनुगमनका क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखेको पाइएको थियो । उक्त डिलरले एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला पारिएको लम्सालले बताए । प्रशासनले भण्डारी ट्रेडर्समा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवाको आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ । आगामी दिनमा ग्यासको परिमाणमा फेरबदल गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अनावश्यक सञ्चय गर्ने जस्ता उपभोक्ता हितविपरीत कुनै पनि गतिविधि नगर्न सचेत गराइएको लम्सालको भनाइ छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,नेपाल आयल निगम,स्थानीय जनप्रतिनिधि,सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित उक्त संयुक्त टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरहरुमा छड्के अनुगमन गरेको थियो । जसमध्ये ३ वटा ग्यास डिलरहरुमा ग्यासको मौज्दात र अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ ।
त्यस्तै,अर्को एउटा डिलरमा ७.१ केजीका ३ सय २४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।रातोपाटी
