
Jsbus
Rbs
Gsbus
Amb
Csbus
Bksbus5
Pbu
Ratbs
Gsl
gms
Ssbus
dsbus
Nssbus7
Ddhbs

Wsp
nsb
Ssm
Hal
Sbs
Bbbpu
Pvg
Rgu
Tsm
Rgu
Asm
Vor
Rsb
Sls
Rgs
Gst
Ksm
Ggd
Bbu

Syp
Ptm
Abd
Jmb
bbt
Gsb
Pls
Jmb
Rmb
sab
Bml
Rpp
Mks
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्ता पंक्तिमा आग्रह गरेका छन् ।
नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय रुपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे गहिरो समीक्षा र मूल्यांकन आवश्यक रहेको उल्लेख गर्दै सूक्ष्म रूपमा विश्लेषण गरी आगामी दिनका लागि ठोस योजना बनाउनुपर्ने बताए ।`यो परिस्थिति यसै आएको होइन । हामी सबैले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ,´उनले भने-`भदौ २३ र २४ मा भएका आन्दोलन स्वस्फूर्त रुपमा भएका थिएनन् । त्यसबारे स्पष्ट रुपमा बुझ्न आवश्यक छ ।`
त्यस्तै उनले राजनीतिक रुपमा कार्यकर्तालाई प्रशिक्षित र संगठित गर्ने कामलाई निरन्तर गरिरहनुपर्ने,संगठनलाई अझ सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । साथै विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले महत्वपूर्ण काम गरेको उनको भनाइ थियो ।
यस्तै`विकास निर्माणका धेरै काम एमाले नेतृत्वकै सरकारले गरेको छ । घरघरमा सडक र यातायातको पहुँच विस्तार गर्ने काम पनि एमालेकै नेतृत्वमा भएको हो । यो यथार्थलाई कसैले नकार्न सक्दैन,´उनले भने-`यदि एमालेले काम नगर्ने हो भने अर्घाखाँचीको विकास सम्भव हुन्छ ? हिजो कसैले गरेको थियो र ? अब अरु शक्तिले गर्न सक्छन् र ?´ मुख्यमन्त्री आचार्यले सिंचाइ,सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण काम भएको उल्लेख गरे ।
सम्पर्क मञ्चका अध्यक्ष डबल बिसीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे,एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल लगायतको सहभागिता रहेको थियो ।
