
Pbu
Ses
Ggp
Pes
cjs
Djs
Unsku
Rgp
Lnp
Gfs
pku
Rgp1
Srbpu
Sgr
खलंगा । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप शैल्यशिखर नगरपालिका- ४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका क्षेत्रमा रहेका पालिका स्तरीय संस्थागत विद्यालयका प्रिन्सिपलहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बैठक संस्थागत बिद्यालय गढवाका अध्यक्ष विकाश रजौरेको अध्यक्षतामा २०८२ साल चैत्र ९ गते सम्पन्न भएको हो । पालिका क्षेत्रमा रहेका संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको बैठकले आगामी शैक्षिकसत्र २०८३ को शुल्क निर्धारण लगायत अन्य प्रस्तावमाथि निर्णय गरिएको […]
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । जेनजी आन्दोलन जाँचबुझ आयोगको […]
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै […]
काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रेखा कुमारी शर्मालाई प्रहरीले गएराति काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई घरेलु कामदारका रुपमा राखेर शारीरिक तथा मानसिक हिंसा गरेको […]
दाङ । लमहीमा ‘मेयर कप’ खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरु एकैसाथ सञ्चालनमा आएका छन् । प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरे । क्रिकेट, फुटवल र ब्याडमिन्टन प्रतियोगिता एकैसाथ सुरु भएका हुन् ।‘खेलले अनुशासित र मैत्रिपूर्ण […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थानीय किसानको कृषि उपज बजारीकरणलाई व्यवस्थित बनाउने पहलस्वरुप ४० क्विन्टल बेसार बागलुङ पठाउन थालेको छ । गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित ‘भिटा परियोजना’ सञ्चालनसँगै किसानले उत्पादन गरेको उपजलाई देशका विभिन्न स्थानमा बजार उपलब्ध गराउँदै आएको छ । सोही क्रममा गढवामा उत्पादन भएको बेसार श्री गढवा सामाजिक उद्यमी महिला सहकारी […]
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार यस युनियन आजैदेखि भङ्ग भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरुमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ […]
नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका वडा नम्बर ४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ […]