
Ses
Pes
Pbu
Gfs
cjs
Djs
Rgp1
pku
Rgp
Unsku
Srbpu
Lnp
Sgr
Ggp
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई साइकल बितरण तथा छात्रबृत्ति सम्झौता गरिएको छ । जोन्टा क्लव काठमाण्डौ,रण—अम्विका शाह सेवा गुठी नेपाल तथा तारा ओरेन्टल संस्थाको सहयोगमा २६ जना छात्रा विद्यार्थीहरुलाई साइकल बिरतण गरिएको हो । विद्यालयदेखि टाढा घर भएका विद्यार्थीहरुलाई नियमित समयमै विद्यालय उपस्थितिमा सहयोग पूर्याउने उद्देश्यले […]
दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरको बैठक मंगलबार सम्पन्न भएको छ । समितिका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको हो । आन्तरिक पिक्निकको साथ सम्पन्न बैठकले दुई महत्वपुर्ण प्रस्तावमाथी व्यापक छलफल गरी निर्णय समेत पारित गरेको छ । पारित निर्णयहरु १.आगामी शैक्षिकसत्र २०८३ शुल्क सम्बन्धमा रहेको छ भने अर्को २. छिमेकी पालिका लमही नगर […]
काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा रहेको छ । यस्तै,चैत २० गते अनिवार्य नेपाली,२२ गते अनिवार्य गणित,२३ गते विज्ञान तथा प्रविधि,२४ गते सामाजिक अध्ययन,२५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय,२६ […]
काठमाडौं । गृह मन्त्रालयले लुम्बिनी प्रदेशभित्र रहेका अबैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु तत्कालन बन्द गर्न परिपत्र गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत दीपककुमार आचार्यले नेपाल प्रहरी प्रधान कार्याल , जिल्ला प्रशासन कार्यालयहरुलाई चैत १७ गते मंगलबार परिपत्र गरेका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रोल्पा, नवलपरासी, रुपन्देही, […]
कास्की । पोखरामा ट्रान्स पार्टी ( बिदेशीहरुको उपस्थिति लागूऔषध सहितको अवैध पार्टी) गर्ने ३८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो । मंगलबार राती छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला […]
काठमाडौँ । संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बस्ने भएको छ । संसदका महासचिव पद्मप्रसाद पाण्डेले दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्ने जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका […]
काठमाडौं । सञ्चार क्षेत्रमा विवादास्पद गतिविधिका कारण चिनिएका पत्रकार सुरज खड्का र उनी सञ्चालक रहेको अनलाइन ‘एनपीएलप्रेस डटकम’माथि प्रेस काउन्सिल नेपालले कडा कदम चालेको छ । काउन्सिलले उक्त अनलाइनलाई औपचारिक सूचीकरणबाट हटाउँदै कालोसूचीमा राखेको घोषणा गरेको छ । काउन्सिलका अनुसार पटक–पटकको चेतावनी र उजुरीलाई बेवास्ता गर्दै आचारसंहिता उल्लङ्घन भएपछि यस्तो निर्णय लिनु परेको हो। अनुगमन […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार गरेको सुशासन मार्गचित्रले प्रशासनिक खर्च कटौतीका लागि प्रदेशमा मन्त्रालयको संख्या ७ मा सीमित गर्न भनेको छ । संविधानको मर्म र कार्यबोझको वस्तुनिष्ठ विश्लेषणका आधारमा प्रदेश मन्त्रालयको संख्या ७ भित्र रहने गरी आवश्यक कानुनी प्रबन्ध गर्न भनिएको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले १४ पुसमा गठन गरेको समितिले […]