गढवा उबा संघको साधारणसभाःब्यवसायीलाई निरास नहुन महासंघका अध्यक्षको आग्रह

दाङ । राज्यलाई ठूलो धनराशीमा राजश्व तिर्ने निजीक्षेत्रका उद्योगि ब्यवसायीहरुका समस्या प्रति राज्यपक्ष सधै उदासिन रहेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ ।शनिवार दाङ देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघको नवौं बार्षिक साधारणसभालाई संबोधन गर्दै शर्माले यस्तो बताउनुभएको हो । निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य संघले एकातिर […]

दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति ११ः३० बजेको समयमा ४.५ रेक्टर स्केल बराबरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको हो ।

देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

दाङ । देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । शनिबार राति करिव ९ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर -५ लठ्ठहवा निवासी अन्दाजी ४० वर्षिय गरिवु चाैधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए । खेतबाट पराल लोड गरि घर पुर्‍याएर डोरी खोलेर पराल झार्ने […]

भ्रष्टाचार शुन्यमा झार्न पारदर्शी व्यवहार देखाऔंः लुम्बिनीका मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व तहमा रहेकाहरुले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका हुन् । मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका […]

देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा मोटरसाइकल र ट्याक्टर एकापसमा शुक्रबार राति ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा मोटरसाइकल चालक लमही -४ भैसकुमराका ३१ वर्षीय हेमन्त चौधरी रहेका छन् । लमही-८ सतबरियादेखि राति अन्दाजी ८:४५ बजेतिर लु ३१ प ४१५४ नम्बरको मोटरसाइकलमा सवार भएर लमही जादै गर्ने […]

राप्तीमा प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरणमा राेक,सूचना उलंघन गरे कारबाही गरिने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा,माला,फूल तथा कोल्ड ड्रिङ्स,जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ । पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला,दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भनेको छ,“आउदै गरेको तिहारको अवसरमा […]

रवि लामिछाने पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

काठमाठौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा शुक्रबार प्रदर्शन गरेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड समेत बोकेका छन् । लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन […]

नेपाल विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने ३४ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार आज बिहानसम्म ३४ उद्योगको लाइन काटिदिएको छ । महसुल तिर्नका लागि ताकेता गर्दा पनि अटेर गर्ने उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । त्यस्तै गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दै वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो। यस्तै […]

ईलाका प्रहरी कार्यालय गढवामा सुविधा सम्पन्न सेवाकेन्द्र भवन बन्दै

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय गढवाको परिसरमा सुविधा सम्पन्न र अत्याधुनिक सेवाकेन्द्र भवन निर्माण हुने भएको छ ।वेलायत सरकार र प्रहरी प्रधान कार्यालयको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा तथा न्याय परियोजना ( ग्लयउक ) अन्तर्गत महिला वालवालीका तथा जेष्ठनागरिक सेवाकेन्द्रको सुविधासम्पन्न भवन निर्माण हुने भएको प्रहरी प्रधान कार्यालय भौतिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]