तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, कार्तिक ०९, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा,माला,फूल तथा कोल्ड ड्रिङ्स,जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ ।

पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला,दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भनेको छ,“आउदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य,फुल,माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण व्यापारी वर्ग तथा आम सर्वधारणमा अनुरोध गरिन्छ।” विवाह, ब्रतवन्ध, भोज,भतेर,वनभोज स्थल,सार्वजनिक स्थलहरुमा प्लाष्टिकका थाल,कप,प्लेट,चम्चाहरुको प्रयोग गर्नुको सट्टा साल,मालुका लगायतका पातहरुबाट निर्मित दुना,टपरी तथा काठका चम्चाहरु प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ।

पालिका अध्यक्ष प्रकाश विष्टद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाकाे उक्त सूचना उल्लंघन गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहाेरा समेत जनाएको छ । राप्तीसँगै दाङका अन्य केही स्थानीय तहले पनि प्लास्टिकजन्य फूलमाला बिक्री-वितरण तथा भण्डारण गर्न राेक लगाएका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]