रौतहट । रौतहटमा तस्करीको विभिन्न सामानसहित २ जनालाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ।
त्यस्तै पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् ।
राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।
त्यस्तै पक्राउ परेका दुवै जनालाई कपडा मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।