
Csbg-7
Usbl-7
Gsbg-3
Rksr-7
Msbg-2
Pbu
Jsbg-7
Jsbr-3
ksbl-7
Gsbr-6
दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी ( हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा आज भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । त्यस्तै आइतबार आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी […]
दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । रिता बिकको स्वागत मन्तव्यबाट सुरु […]
दाङ । गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए । […]
धनगढी । कैलालीको एक विवाहमा एक किशोरमाथि कुटपिट भएको छ । कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका छन् । (शनिबार) हिजो घोडाघोडी नगरपालिका वडा नम्बर –७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय अंकित गौतममाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउँकोमा चोट लागेको छ । सामुहिक कुटपिटबाट […]
काठमाडौं । ऐतिहासिक धरोहर धरहरा चढ्न आइतबार आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको हो । सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी,ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको छ […]
काठमाडौं । साउदी अरबको इस्लामी मामिला,दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ । यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई फैलाउने होइन, यसका महानताहरूलाई उजागर गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कूफीले बताएका […]
काठमाडौं । रवि लामिछानेलाई आइतबार आज अदालत उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको […]
दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका र नेपाल नेत्रज्योति संघ,राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा राजपुरको २ नम्बर वडा मटेरियामा नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता […]