
Ksb
Ssb
Gsb
Usb
Rsb
Rks
Csb
jsb
Ssb
Nsb
Ppu
Ksb
Ksb
Tgp
Bsn

Usb
Ssb
Gsb
Hl1
Tsb

Rgu
ptl
Nps
काठमाडौं । साउदी अरबको इस्लामी मामिला,दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ ।
यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई फैलाउने होइन, यसका महानताहरूलाई उजागर गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कूफीले बताएका छन् ।
उनले थप्दै भने यो प्रतियोगिता पक्कै पनि नेपालका मदरसाका छात्र,छात्राहरूको लागि बहुमूल्य अवसर हो,जहाँ उनीहरूले पवित्र कुरानसंग आफ्नो सम्बन्ध अझ प्रगाढ बनाउन सक्छन् र आफ्ना क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्छन् । पवित्र क़ुरान अल्लाहको त्यो महान वाणी हो,जुन हरेक युगको लागि मार्गदर्शन र हिदायतको स्रोत हो । यसलाई कण्ठ गर्नेहरूलाई संसार र परलोकमा उच्च स्थान प्रदान गरिएको स्लाम धर्मको मान्यता रहेको छ।
प्रतियोगिताको महत्त्व
यस प्रकारका प्रतियोगिताहरूले मुस्लिम समुदायमा क़ुरान । प्रति प्रेमको भावना बढाउँछन् र नयाँ पुस्तालाई क़ुरानसंग नजिक ल्याउँछन् । साथै, हिफ्ज़-ए-क़ुरान मार्फत छात्रहरूको बौद्धिक र मानसिक क्षमतामा सुधार आउँछ र उनीहरूको नैतिक शिक्षामा पनि मद्दत पुग्छ । यस प्रतियोगिताले ती छात्रहरूलाई एक प्लेटफर्म प्रदान गर्दछ,जसले तजवीद र इत्तेकानका साथ क़ुरान कण्ठ गर्नमा दक्षता राख्छन् । उनीहरूले आफ्ना प्रतिभा प्रदर्शन गरेर पुरस्कारका साथसाथै धार्मिक प्रतिष्ठा र संसार तथा परलोकमा उच्च स्थान प्राप्त गर्न सक्छन्।
छात्रहरू र अभिभावकहरूलाई अपील
सबै छात्रहरू र अभिभावकहरूलाई यो अवसरको पूर्ण फाइदा लिन आग्रह गर्दछु । जो बालबालिका क़ुरान कण्ठ गर्दैछन्,उनीहरूलाई यस प्रतियोगितामा सहभागी गराउन उत्साह बढाउनुहोस् । यो केवल पुरस्कार प्राप्त गर्ने मौका होइन,क़ुरानसंग प्रगाढ सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो।
अभिभावकहरूले आफ्ना बालबालिकाको तयारीमा सहयोग गर्नुपर्छ र उनीहरूलाई यो सम्झाउनु आवश्यक छ कि यो एक महान अवसर हो। प्रतियोगिता छ श्रेणीमा हुनेछ: पूरा क़ुरआन, पन्ध्र पारा, पाँच पारा र दुई पारा । अन्तिम दुई श्रेणीमा केटा र केटी दुवै सहभागी हुन सक्नेछन्।
शुभकामना र प्रार्थना
त्यस्तै साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयलाई अल्कूफीले धन्यवाद दिदै , जसले यस्ता कार्यक्रमहरूको आयोजना गरेर मुस्लिम समुदायलाई कुरानसंग नजिक ल्याउने प्रयास गरिरहेको छ । यो केवल नेपाल मात्र होइन,सम्पूर्ण मुस्लिम समुदायका लागि एउटा उदाहरणीय कार्य हो । अल्लाहसँग प्राथना गर्छु कि यो प्रतियोगिता सफल होस् र धेरैभन्दा धेरै छात्रहरूले यसमा भाग लिएर क़ुरानको बरकत प्राप्त गर्न सकून् । सबै छात्रहरू, अभिभावकहरू र मदरसाका जिम्मेवारहरूलाई यो सुनौलो अवसरको उपयोग गर्न र यसलाई स्मरणीय बनाउन अनुरोध गर्दछु । अल्लाहले हामीलाई क़ुरआन बुझ्ने,त्यसमा अमल गर्ने र यसलाई फैलाउने तौफिक प्रदान गरून् भन्ने भाव अल्कूफीले व्यक्त गरे ।
