
Rgp1
sbs
Lnp
Djs
pku
Srbpu
Ggp
Pes
Unsku
cjs
Pbu
Gfs
Sgr
Rgp

Rgs
Sbs
Bbbpu
Ssm
Bbu
Asm
Tsm
Rsb
nsb
Vor
Ggd
Rgu
Ksm
Sls
Pvg
Rgu
Gst
Wsp
Hal

Abd
Jmb
Rmb
Bml
Jmb
sab
bbt
Pls
Rpp
Mks
Gsb
Ptm
Syp
दाङ । गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए ।
शिविरमा ३६ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ। लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाका अनुसार शिविरमा ५३ महिला र ३३ पुरुषको आँखा जाँच गरिएको थियो। लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ ।
साथै,अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए । PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता,ल्याब टेस्ट,औषधी र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने नेत्र सहायक सत्गैयाले जानकारी दिए ।
त्यस्तै नि:शुल्क आँखा चेकजाँच शिविर सञ्चालनबाट वडाका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले बताए ।
