आलोक भाबुक/गढवा आइतबार, मंसिर ०९, २०८१

दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका र नेपाल नेत्रज्योति संघ,राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा राजपुरको २ नम्बर वडा मटेरियामा नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन् । शिविरमा ३० जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ । एकीकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाकी प्रमुख आर्जु खनालका अनुसार शिविरमा १ सय ३० महिला र १ सय ५ पुरुषको आँखा जाँच गरिएको थियो ।

मोतिबिन्दुको शल्यक्रिया:

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ । साथै,अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत नि:शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।

PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट,औषधी र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख खनालले बताइन् । यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]