
Csbg-7
Gsbr-6
Usbl-7
Pbu
Jsbg-7
ksbl-7
Gsbg-3
Msbg-2
Rksr-7
Jsbr-3


दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी ( हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान ४ बजे दुर्घटना भएको प्रहरी नायव निरीक्षक रकम खड्काले जानकारी दिए ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार डाँगीको उपचारका लागि लमही अस्पतालमा लगिएको र अस्पतालले मृत घोषणा गरेको थियो । मोटरसाइकल चालक रोशन विकको अवस्था सामान्य रहेको र । उनलाई अहिले वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
